दफा २२६
सम्पत्ति लुकाउन छिपाउन नपाउने

(१) कसैले पनि अंशबण्डा गर्नु पर्ने सम्पत्ति लुकाउन छिपाउन पाउने छैन।
(२) अंशबण्डा हुँदा वा अदालतले सम्पत्तिको फाँटबारी मागेका बखत कुनै अंशियारले आफ्नो नाममा रहेको बण्डा हुनेसम्पत्ति लुकाए वा छिपाएको कुरा पछि ठहरेमा त्यसरी लुकाउने वा छिपाउनेले त्यस्तो सम्पत्ति लिन पाउने छैन ।
(३) उपदफा (२) बमोजिम लुकाए वा छिपाएको सम्पत्ति अन्य अंशियारले अंश भाग लगाई लिन पाउनेछ ।